थाई राजाको स्वास्थ्यमा सुधार

असोज २९, काठमाडौ-थाईल्याण्डका राजा भूमिबोल अद्युल्यादेजको स्वास्थ्यमा सुधार आएको छ । थाइ राजदरबारबाट दिइएको जानकारी अनुसार भुमीबोलको गतहप्ता पित्त थैलीको शल्यक्रिया पछि स्वस्थ्यमा निकै सुधार आएको हो । राजधानी बैंककमै रहेको सिरिराज अस्पतालमा उनको उपचार भैरहेको छ ।  विश्वकै सबैभन्दा लामो समयसम्म राजगद्दीमा बस्ने राजाका रुपमा राजा भूमिबोल चिनिनुहुन्छ ।  ८६ वर्षीय राजा भूमिबोल विगतका केही वर्षहरुदेखि नै विभिन्न रोगले थलिएका छन् ।