नेपालले आज पहिलो अभ्यास खेल खेल्दै

असोज २९, काठमाडौ-नेपाली क्रिकेट राष्ट्रिय टिमले आज पहिलो अभ्यास खेल खेल्दै छ । खेल  ९ दिनपछि मलेसियामा सुरु हुनछ ।  विश्व क्रिकेट लिग डिभिजन थ्रीको तयारीका लागि नेपाली टिम श्रीलङ्कामा रहेकोछ । आइतबार कोलम्बो पुगेको टोलीले आज श्रीलङ्का पोर्ट एथोरेटीसंग म्याच खेल्न लागेको हो । आजको अभ्यास खेल ५० ओभरको हुने छ । नेपाली टोलीले शनिबार कम्बाईन–११ र आईतबार कोल्ट्स क्रिकेट क्लब विरुद्ध अभ्यास खेलेपछि सोमबार मलेसीया जाने कार्यक्रम तय गरेको छ । अक्टोबर २३ देखि सुरु हुने डिभिजन थ्रि क्रिकेटमा नेपालले युगाण्डासंगै मलेसिया, सिंगापुर, अमेरिका र बर्मुडासंग प्रतिस्पर्धा गर्नेछ ।