सम्वाद समिति बैठकमा सहमतिको प्रयास जारी

असोज २९, काठमाडौ-संबिधानका विबादीत विषयमा सहमती जुटाउन भन्दै समितीको बैठक आज पनि जारी छ । बैठकमा संबिधानका बिबादीत विषय राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायत विषयमा छलफल भैरहेको संसद सचिवालयका सहप्रवक्ता  सुर्दशन कुईकेलले जानकारी दिए । सहप्रवत्तःा कुइकेलका अनुसार समितिले आजको बैठकमा सबै दलहरुलाई आ–आफ्नो तर्फबाट राज्य पुर्नसंरचानाको खाँका पेस गर्न आग्रह गरेको छ ।सोहि अनुरुप दलहरुले खाका पेस गर्दै छन् ।

समितिलाई दोस्रो पटक थपिएको समय भोली सकिदै छ । बिबादीत विषयमा सहमती जुटाउने जिम्बेवारी पाएको समितिले छलफललाई तिब्रता दिएपनि दलहरुले अडान नछाड्दा सहमती जुट्न सकेको छैन् । राज्य पुर्नसंरचनामा काग्रेस एमाले छ वा सात प्रदेश बनाउनु पर्ने अडानमा छन् भने एकीकृत नेकपा माओबादीले १० प्रदेशबाट तल झर्न नसक्ने बताउदै आएको छ ।