विद्युत् प्राधिकरणको १७ सय पदमा एक लाख आवेदन

असोज २९, काठमाडौं – विद्युत् प्राधिकरणका विभिन्न तहका करिब १ हजार सात सय पदका लागि १ लाखभन्दा बढी आवेदन परेको छ । प्राधिरणले दोब्बर दस्तुर तिरेर आवेदन बुझ्ने काम जारी रहेको जनाएको छ ।
प्राधिकरणले भदौ २२ मा ३ देखि १० तहसम्मका १ हजार ६ सय ८९ पदपूर्तिका लागि विज्ञापन प्रकाशन गरेको थियो । आवेदन दिने नियमित अवधि गत शुक्रबार सकिएको छ । त्यस अवधिसम्म १ लाख पाँच सय ३४ आवेदन परेको प्राधिकरण प्रशासन निर्देशनालयले जनाएको छ । ‘दोब्बर दस्तुर तिरेर आगामी शुक्रबारसम्म आवेदन लिन्छौं,’निर्देशनालयकी नायव कार्यकारी निर्देशक गोसाइ केसीले भनिन् ‘आवेदनको संख्या अझ बढ्न सक्छ ।’प्राधिकरणले ८ वटा क्षेत्रीय कार्यालयबाट आबेदन संकलन गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।