सबैको विश्वासमा संविधान माघ ८ पछि : देउवा

असोज २८, जनकपुर-नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ८ गतेभित्र नयाँ संविधान आउने कुरा अविश्चि बन्दै गएको बताएका छन् । जनकपुरमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गद देउवाले “नयाँ संविधान तोकिएको समयभन्दा पछि आउने बताएका हुन् । देउवाले असन्तुष्ट पक्ष जनजाति, मधेसी र माओवादीलाई विश्वासमा लिएरै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।     एक प्रश्नको जवाफमा उनले राज्य पुनःसंरचनाको लागि नेपाली काँग्रेसबाट आएको दुई प्रस्ताव काँग्रेसको अधिकारिक प्रस्ताव भएको र त्यो उचित रहेको तर्क ेत पेश गरेका छन् । सरकार परिवर्तनबारे सोधिएको एक प्रश्नमा नेता देउवाले कुनै पनि हालतमा सरकार परिवर्तन नहुने धारणा राखेका छन् ।