उरुग्वेद्वारा ओमान पराजित

असोज २८,  काठमाडौँ-उरुग्वेले ओमानलाई २ गोलको अन्तरले पराजित पराजित गरेको छ । गत विश्वकपमा ईटाली विरुद्धको खेलमा विपक्षी टोलीका चिलोनीलाई टोकेपश्चात ४ महिने प्रतिवन्धको समय सकाएर उरुग्वेबाट पहिलो पटक टिममा फर्किएका स्वारेजको उत्कृष्ट प्रर्दशनले ओमान पराजित भएको हो । उरुग्वेका लागि रोड्रिग्वेजले अर्को गोल थपेसँगै उसको जित सुनिश्चित बनेको हो ।