प्यालेष्टानलाई छुट्टटै राष्ट्रको मान्यता दिनुपर्नेमा बहुमत

असोज २८, काठमाडौँ-बेलायती संसदमा प्यालेष्टानलाई छुट्टटै राष्ट्रको मान्यता दिनुपर्नेमा बहुमत देखिएको छ । बेलायतको तल्लो सदनमा भएको सांकेतिक मतदानमा भाग लिएका सबैले प्यालेष्टानलाई छुट्टै देशको दर्जा दिनुपर्ने पक्षमा मतदान गरेका छन । मतदानमा सरकारी मन्त्रिहरुले भने भाग नलिएको बिबिसीले जनाएको छ । तर, यो मतदान सांकेतिक मात्र भएकाले यसबाट बेलायतको औपचरिक धारणा भने तय नहुने बेलायत सरकारले जनाएको छ । सन् २०१२मा संयुक्त राष्ट्रसंघले प्यालेष्टानलाई ‘गैर सदस्य, पर्यवेक्षक राष्ट्र’ को मान्यता दिएको थियो । उक्त महासभामा १ सय ९ देशले प्यालेष्टानलाई राष्ट्रको मान्यता दिनुपर्नेमा मतदान गर्दा बेलायत सहित ४१ देशले मतदानमा भाग लिएका थिएनन । नौ वटा राष्ट्रले भने प्यालेष्टान विरुद्ध भोट हालेका थिए ।