चीनमा १२ जनालाई मृत्यदण्ड

२८ असोज, एजेन्सी-चिनियाँ एक अदालतले हिंसाग्रस्त सिन्जियाङमा जुलाइ महिनामा भएको आक्रमणमा दोषी ठहर गर्दै १२ व्यक्तिलाई मृत्युदण्ड दिने निर्णय गरेको छ भने यसै घटनामा संलग्न १५ व्यक्तिलाई स्थगित मृत्यदण्डको निर्णय सोमबार सुनाएको क्षेत्रीय सरकारी टियानसानले जानकारी दिएको छ ।

जुलाई २८ मा साचे प्रशासकीय क्षेत्रको सरकारी कार्यालय तथा प्रहरी केन्द्रमा भएको आक्रमणमा ३७ नागरिक तथा ५९ आतङ्कवादीको मृत्युभएको थियो । त्यस आक्रमणमा अन्य १३ नागरिक घाइते भएको जानकारी दिइएको छ ।

यस आक्रमणका लागि नौ व्यक्तिलाई आजीवन कारावासको सजाय तोकिएको छ भने २० व्यक्तिलाई चार देखि २० वर्षको काराबासको सजाय तोकिएको छ ।