युगान्डासँग पहिलो खेल

असोज १५, काठमाडौं-नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ मा युगान्डासँग पहिलो खेल खेल्ने भएको छ।  आजको नागरिक दैनिकमा समाचार छ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी ले मंगलबार अक्टोबर २३ देखि ३० सम्म मलेसियामा हुने प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको हो।

नेपालको पहिलो खेल किनरारामा हुनेछ। तीन हप्ता बाँकी रहेको डिभिजन ३ मा नेपालले अक्टोबर २४ मा बर्मुडासँग सेलाङ्गर टर्फ क्लबमा खेल्नेछ। त्यस्तै २६ मा सिंगापुरसँग वायुमासमा, अमेरिकासँग २७ मा किनरारामा तथा २९ मा मलेसियासँग सेलाङ्गरमा खेल्नेछ।
प्रतियोगिताको शीर्ष दुई टोली जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने डिभिजन २ मा छनोट हुनेछ। एकदिवसीय मान्यताप्राप्त आइसिसी चारदिवसीय प्रतियोगिता तथा ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि डिभिजन २ छनोटको अन्तिम प्रतियोगिता हो। डिभिजन २ मा नामिबियासँगै केन्या, नेदरल्यान्ड्स र क्यानाडा छन्।
नेपाल डिभिजन ३ को साविक विजेता हो। गत वर्षको मे महिनामा बर्मुडामा सम्पन्न प्रतियोगितामा युगान्डालाई नै फाइनलमा पराजित गरेको थियो। तर जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि नेपाल डिभिजन ३ मा घटुवा भएको हो।
नेपाली क्रिकेट टोली हाल एसियाली खेलकुदलाई दक्षिण कोरियामा छ। नेपालले अक्टोबर १० देखि डिभिजन ३ को प्रशिक्षण सुरु गर्ने कार्यक्रम छ।