दसैंमा खाऔं तर ध्यान पुर्‍याऔं

काठमाडौं-दसैं रमझम, भेटघाट र पूजाआजाको मात्रै होइन, स्वादिष्ट खानाको पनि पर्व हो । आजको कान्तिपुर दैनिक लेख्छ, खानपानमा ध्यान नदिए बालबालिका, बुढापाका र स्वास्थ्थ कमजोर भएकाहरुका लागि बढी जोखिमपूर्ण हुन्छ ।

विज्ञहरुका अनुसार दसैं तिहारजस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै ध्यान दिन जरुरी छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, ह्दयघात जस्ता रोग, एन्जियोप्लाष्टी गरिसकेका रोगी, हार्ट फेल्योर अर्थात मुटु कमजोर भएकाहरु, उच्च कोलेस्ट्रोल, जन्मजात मुटुरोग, पेटको दीर्घकालिन रोगीहरु, ग्याष्टिक, पेटको अल्सर दीर्घकालिन मृगौला रोग भएकाहरु ल्गायतले त खाना खाँदा झनै बढी ध्यान दिनुपर्छ ।