अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने

काठमाडौं-सरकारी अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने भएको छ ।  आजको नयाँ पत्रिका लैनिक लेख्छ दसैं तथा तिहारजस्ता लामो बिदा हुने पर्वमा समेत लगातार दुई दिनभन्दा बढी ओपिडी सेवा बन्द हुने छैन् ।
साप्ताहिकबाहेक हरेक पर्व तथा सार्वजनिक बिदामा अस्पतालको ओपिडी सेवा बन्द हुँदा उपचार सेवा प्रभावित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा कटौतीको निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले ओपिडी बन्द हुने १० दिन मध्ये पनि लगातार दुई दिनभन्दा बढी गर्न नपाउने निर्णय गरेको छ।