‘संयन्त्रको नेतृत्व प्रचण्डलाई दिए हुन्छ’

असोज १५,धादिङ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री विलेन्द्र निधिले राजनीतिक संयन्त्रको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएर भएपनि अवरुद्ध सदन खुलाउन सरकार तयार रहेको बताएका छन्।

आजको नागरिक दैनिक लेख्छ धादिङको बेनिघाट र गोरखाको घ्याल्चोक जोड्ने त्रिशुली नदीमा निर्मित पक्की पुलको उद्घा टन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विलेन्द्र निधिले लामो समयदेखि अवरुद्ध सदन खुलाउनका लागि कांग्रेस एमालेलगायतका दलले दाहाललाई राजनीतिक संयन्त्रको नेतृत्व दिनका लागि तयार हुनु पर्ने बताए।

एमाओवादी र दाहालसँग तर्सिएर भाग्नु उपयुक्त नहुने बताउँदै कांग्रेस नेता निधिले चार बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताए। उनले एमाओवादीको मागप्रति सरकार सकारात्मक रहेपनि एमाओवादीले एकपछि अर्को बखेडा झिक्ने गरेको बताए।