कविता: “ तिम्रो चुरिफुरि ”

तँपाईको दशैं कति भड्किलो,
हेर न ! छिमेकीको मन दुखाई रहेछौं ।
चाँड नि यसरी मनाउँछन र ?
यसमा त, सबै खुसी हुनुपर्छ ।
जुम्लामा, चामल छैन,
बाजुरा नुनै छैन ,
उनको पनि त दशै हो नि,
फेरि अस्ति मात्रै,
घरखेत बगाइ लग्यो, आफन्त गुमे उनका !
मर्न नसकि,
खुल्ला आकाश मुनि बाँचिरहेकाहरुलाई,
नकचरो तिम्रो सरकारले,
एकसरो लुगा त फेर्न सकेन !
त्यो तीन हजार त,
तिनले तीन चुस्की,
हुस्की मैं सकाउँछन ।
न त तिम्रो नै हात उठ्यो,
त्यो टहरोमा चुल्हो सल्काउन ।
यो दशैमा तिम्रो मात्रै चुरिफुरि छ,
यसले त दशैको महत्व,
मात्रै घटाउँछ बाबै ।
कतिलाई खुसी पार्न,
निरिह पशु ढाल्दैछौं !
र त्यो,ढुङ्गामा रगत लिप्दैछौं ।
अनि भन्छौं,
म पनि विजयी भएं ।।
आफुसंगै अरुलाई पनि,
जो तिम्रो वरपर छन् !
खुसी तुल्याउन सिक,
चाँडमा ।
ठान्छौं तिमी मैले खसी ढाले,
थाहा छ, तिम्ले तिम्रै छिमेकी ढालेका छौं ।
ईश्वर भन्छन,
छिमेकीलाई प्रेम गर,खुसी पार !
खिस्यायौं र,गिज्यायौं भने त,
श्रापित हुनेछौं ।
सके देउ,र तिमीलाई पनि दिइनेछ ,
सक्तैनौं देखावटी चाँडले,
अरुलाई नरुवाउँ ।।

– केपी अनमोल