एसियाली खेलमा नेपालले ५ खेलमा प्रतिस्पर्धा गर्दै

असोज १३, काठमाडौँ -दक्षिण कोरियामा जारी सत्रौं एसियाली खेलकुदमा आज नेपालले विभिन्न ५ खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालले टेबल टेनिस, एथ्लेटिक्स, बक्सिङ, कुस्ती र सफ्ट टेनिसमा प्रतिस्पर्धा गर्ने भएको हो । एथलेटिक्समा केशरी चौधरीले आज आफ्नो खेल प्रदर्शन गर्नुहुनेछ । फाइनल चरणमा केसरीसंगै १३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । केसरीबाट नेपालले पदकको खाता खेल्ने अपेक्षा राखिएको छ । यसअघिका एथलेटिक्सका स्पर्धामा नेपाली खेलाडीहरु केवल सहभागीतामै सीमित भएका छन् ।