टेवलटेनिसको मिक्स डबल्स आज

असोज १३, काठमाडौँ-टेवलटेनिसको मिक्स डबल्सतर्फ नै नेपालले आज चीनसंग प्रतिस्पर्धा गर्दैछ । यसैगरी पुरुष डबल्सतर्फ मंगोलियाको सामना गर्दैछ । महिला र पुरुष एकल र डबल्सका खेल पनि आजै हुँदैछन् ।आज बक्सिङगतर्फ नेपालका उज्जरसिंह थापाले जोर्डनका खेलाडीसंग ७५ केजी मिडल तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैबिच विहान भएको खेलमा टेवलटेनिसतर्फ मिक्स डबलमा नेपाललाई उत्तर कोरियाले हरएको छ । नेपालका पुरुषोत्तम बज्राचार्य र काजोल रौनियारको जोडी उत्तर कोरीयाका किम नामचोल र किम हेसङको जोडीसँग ११–५, ११–५ र ११–२ को स्कोरमा पराजित भएको हो ।