बाढीपीडितलाई चीनको ३ करोड १० लाख सहयोग

असोज १३, काठमाडौँ-काठमाडौं, छिमेकी मुलुक चीनले नेपालको बाढीपहिरोबाट पीडित भएकाहरूलाई सहयोग गरेको छ ।चीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारबाट तर्फबाट दिइएको उक्त ३ करोड १० लाख रूपैयाँ सहयोग रकमको चेक चिनियाँ राजदूत उ चुन्ताईले मुलुकका कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गर्नु भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा असोज १० गतेसम्म विभिन्न २०८ संघ संस्था तथा व्यक्तिबाट ३८ करोड ८६ लाख ३६ हजार रुपैया जम्मा भइसकेको कुरा प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । जसमध्ये राहत वितरण, पुनर्स्थापना तथा पुननिर्माणको लागि गृह मन्त्रालयलाई ३२ करोड २६ लाख ९ हजार निकासा दिइएको पनि जनाइएको छ ।