खाद्य संस्थानले खसी बोकाको मूल्य तोक्यो

असोज १३, काठमाडौँ- खाद्य संस्थानले यसपालि दसैंमा बेच्ने खसीबोकाको मूल्य प्रतिकिलो चार सय ६ देखि चार सय २५ रुपैयाँसम्म तोकेको छ । आजको नागरिक दैनिकको एक खबर अनुसार, यो मूल्य पोहोरको तुलनामा सातदेखि १० प्रतिशतसम्म बढी हो । पोहोर २० किलोसम्म जिउँदो खसी प्रतिकिलो ३ सय ७० रुपैयाँमा बेचेको संस्थानले यसपाली चार सय ६ रुपैयाँ तोकेको हो । २० देखि ३० किलोसम्मको चार सय १८ रुपैयाँ तोकिएको छ । संस्थानका अनुसार ३० किलोभन्दा माथिको मूल्य प्रतिकिलो ४ सय २४ रुपैयाँ तोकिएको कुरा समाचारमा उल्लेख गरिएको छ ।