सनी लियोनको फिल्मको राइट्स ३२ करोडमा बिक्यो !

काठमाडौँ-मुम्बइ, के सनी लियोन यति ठुली स्टार हुन र ? जसको फिल्मको डिस्ट्रीब्यूशन राइट्स ३२ करोड भारतीय रूपैयामा बिक्री भएको छ, तर नयाँ फिल्म ‘मस्तीजादे’ का निर्माताहरूले बताए अनुसार सनीको फिल्मले यति रकम पाउनु पर्ने नै थियो । उनको यस अगाडीको फिल्म ‘रागिनी एमएमएस 2′ को उदाहरण रहेको छ । जसले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो ।

मिलाप जवेरी द्वारा निर्देशित ‘मस्तीजादे’ एक सेक्स कमेडी फिल्म हो, जसमा सनी लियोन को डबल रोल रहेको छ । तुषार कपूर र वीर दासका साथमा उनी रोमाञ्स गर्दै देखिने भएकी छन ।

यो फिल्मको शूटिङ हालै मात्र शुरू भएको छ र फिल्मका निर्माताहरूले वितरकहरूको खोजी शुरू गरेका छन । बलिउडका एक सूत्रका अनुसार ‘सनीको फिल्म प्रति वितरक सधैं आकर्षित हुन्छन, किनभने सनीको फिल्ममा दर्शकहरूको रूचि निकै हुने गर्दछ, तर मस्तीजादेका निर्माता केही धेरै रकम मागिरहेका छन । ‘मस्तीजादे’ मा सनीलाइ जुन अन्दाजमा पेश गरिएको छ, जस्तो अन्दाजमा उनलाइ दर्शकहरूले मन पराउँदछन । यो फिल्म ‘मस्तीजादे’ नयाँ बर्षमा रिलीज गरिने सम्भावना रहेको छ ।