बस दुर्घटनामा ५ जनाको मृत्यु

असोज १३, काठमाडौँ-पृथ्वि राजमार्गअन्तरगत धादिङको भुमेस्थान गाविसको सिम्लेमा दुइ वटा बस एक आपासमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट झापाको कांकड्भिट्टाका लागि छुटेको ना ५ ख ४३८४ नम्बरको बस र म्याग्दीको बेनीबाट काठमाडौंका लागि छुटेको ना ३ ख ७६३३ नम्बरको बस आज बिहान सिम्लेमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार काठमण्डौंबाट झापा  जाँदै गरेको बसमा रहेका आमा–छोरीे कान्छि थापामगर र कृतिका थापाकगरको मात्रै सनाखत भएको छ अन्य तिन जनाको शनाखत भइनसकेको  छ । सनाखत हुन बाँकि ३ जना बेनीबाट आउँदै गरेको बसमा यात्ररत थिए । दुर्घटनामा घाइते भएकाहरुलाई काठमण्डौं ल्याइएको प्रहरीले जनाएको छ ।