दसैंको खानपिन, भेटघाट एवं किनमेलमा कुन बढी रमाइलो लाग्छ ?

दसैंमा आफन्तसँगको भेटघाट नै रमाइलो नि । देश-विदेशमा छरिएका दाजुभाइहरू भेट्न पाइन्छ ।

– लाइफ कँडेल

खानपिन र किनमेल त अरू बेला पनि गर्न सकिन्छ । मलाई त भेटघाट नै मनपर्छ ।

– सन्तोष प्रधान

म त परदेशमा छु । दसैं आउनुभन्दा नआउनु नै बेस लाग्छ । घरको सम्झनाले बढी सताउँछ ।

– अमरराज भट्टराई

भेटघाट रमाइलो लाग्छ । किनभने साथीभाइहरूसँग तास खेल्न पाइन्छ ।

– विनोद भट्टराई

तीनवटै कुरा रमाइलो लाग्छ ।

– आरएन महरा, सगुन शर्मा, खगेन्द्र खड्गा तथा विराज भाइ

भेटघाट र खानपिन रमाइलो ।

– विक्रम खड्का, रमेश लामा, महेश थापा, रमेश खड्का

किनमेल रमाइलो ।

– धीरेन्द्र महरा

भेटघाटमै रमाइलो हुन्छ । सुखदु:ख साटिन्छ । लामो समयदेखि भेट्न नपाइरहेका साथीभाइहरूसँग भेट हुन्छ ।

– रोशन श्रेष्ठ, अर्जुन घिसिङ, जेइन मोक्तान, ओम खड्गी

भेटघाट रमाइलो । किनमेल र खानपिन त अरू बेला पनि गर्न सकिन्छ ।

– श्याम श्रेष्ठ, विनोद शर्मा

किनमेल रमाइलो नि । राम्रा लुगा लगाएर साथीभाइ भेट्न जाँदाको मज्जा नै बेग्लै हुन्छ ।

– सुदर्शन गौडेल,

पहिले खानपिन, त्यसपछि मात्र किनमेल र भेटघाट रमाइलो । म त खानपिनको सौखिन मानिस, नखाई कसैलाई भेट्दिनँ ।

– कपिल महरा

भेटघाट तथा किनमेलमा बढी मज्जा लाग्छ । खानपिन त सधैं गरिएकै हुन्छ ।

– मौसम खरेल

वास्तवमा भन्नुपर्दा सबै पक्ष रमाइलो छ । तैपनि भेटघाटचाहिँ दसैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

– सम्बोध मल्ल

म त साथीहरूसँग पिङ खेल्न मन पराउँछु ।

– सबिन

भेटघाट रमाइलो । किनभने दसैंका बेला टाढाटाढाबाट आएका मान्यजनको हातबाट टीका लगाउन, आशीर्वाद थाप्न पाइन्छ । आफूलाई पनि उहाँहरूको घर जाने अबसर मिल्छ ।

– तिलक श्रेष्ठ

भेटघाट रमाइलो । घर, परिवार एवं आफन्तहरूसँग भेट हुन्छ । मामाघर जान पाइन्छ ।

– गम किराँती

मलाई त एकान्तमा बस्न मन लाग्छ । म यी तीनवटै कुराबाट टाढा बस्छु ।

– आदित्य/सन्दर्भ

खानपिनसँगै खेलहरू खेलेर रमाइलो गर्छु म त ।

– प्रकाश श्रेष्ठ

खोइ खानपिन भनौं कि भेटघाट भनौं कि किनमेल भनौं ? केही सोच्नै सकिरहेको छैन ।

– इनोसेन्ट ब्वाय

दसैं भनेकै खानपिन, भेटघाट अनि किनमेल हो । कुनै एउटा मात्र भन्न सकिँदैन । एउटा मात्र भन्न खोज्नु शरीरको कुनै अंग झिक्नुजस्तै हो ।

– मिलन सुयाल

भेटघाट रमाइलो लाग्छ । किनभने बाल्यकालदेखिका साथीभाइ भेटिन्छन् । तास खेलिन्छ, पिङमा मच्चिन पाइन्छ ।

– टीकाराम राई, धु्रव थापा, दीपशिखा थापा तथा शकुन काफ्ले

जाँडरक्सी खाएर झगडा गर्न, एक वर्ष दु:ख गरेर कमाएको पैसा सक्न, खसी-बोकाको बध गर्न, १५ दिनसम्म खाएको कुराले बिरामी हुन रमाइलो हुन्छ ।

– बिन्दास राई

भेटघाट सबैभन्दा रमाइलो । अरू बेला व्यस्त हुनेहरूसँग पनि भेट गर्न सकिन्छ ।

– देवी न्यौपाने

भेटघाटमै रमाइलो नि । अरू बेलाजस्तो अफिस जानु पर्दैन ।

– सुमित मगर

पैसा भए त किनमेलमा रमाइलो हुन्छ नि । नहुँदा पो तनाव हुन्छ त ।

– मेन्दो लामा

खानपिन रमाइलो भनौं भने खाइदेब भन्लान्, किनमेल रमाइलो भनौं भने गोजीमा गाँठ छैन । सबैभन्दा रमाइलो त भेटघाट नै हो ।

– प्रेम राई

खानपिन र भेटघाट रमाइलो हुन्छ ।

– रबिन ढकाल, दिनेश लामा तथा संघर्ष पाण्डे

भेटघाट, खानपिन र तास ।

– लीलानाथ भट्टराई

हामी गरिबलाई केको रमाइलो ? यो प्रश्न धनी- महाजनहरूसँग पो सोध्नुपर्छ ।

– सन्तोष सिम्खडा

भेटघाट रमाइलो नि । सम्पूर्ण आफन्तजन एवं साथीभाइहरूसँग भेट्दा एकदम रमाइलो हुन्छ ।

– दिपेश

भेटघाट ।

– अनु तामाङ

यी तीनवटै कुरामा रमाइलो छ । एउटा मात्र रोज्न सकिँदैन ।

– सौरभ राई