इबोला संक्रमित १४ लाख पुग्ने सम्भावना

असोज १०, काठमाडौं – सन् २०१५ को जनवरीसम्म लाइबेरिया तथा सिरालियोनमा इबोला विषाणुबाट संक्रमित १४ लाख पुग्न सक्ने चेतावनी अमेरिकी स्वास्थ्य संस्थाहरूले दिएका छन्। यसलाई इबोला रोगको सबैभन्दा नराम्रो अवस्थाको रूपमा हेरिएको छ।

२०१५ को जनवरी २० सम्म अफ्रिकाको पश्चिमी भागस्थित यी दुई मुलुकमा इबोलाबाट संक्रमित ५ लाख ५० हजारदेखि १४ लाखसम्म पुग्न सक्ने अनुमान यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनले गरेको छ। यी संस्थाहरूले हाल विश्वमा इबोला संक्रमण निकै नराम्रोसँग विस्तार भए पनि प्रभावितको संख्याका विषयमा सही जानकारी प्राप्त नभएको अनुमान गरेका छन्।

विशेषज्ञहरूका अनुसार यो तथ्यांक अगस्टसम्म प्राप्त भएको हो। अमेरिका पश्चिम अपि|mकामा यस रोग निवारणमा संलग्न भएको छ। हालसम्म यस रोगले ६ हजारलाई संक्रमित बनाएको र त्यसको आधाको मृत्यु भएको बताइएको छ। सीडीसीको ‘मर्बिडिटी एन्ड मर्टालिटी विक्ली रिपोर्ट’ मा प्रकाशित विज्ञप्तिमा तथ्यांकले वर्तमान अवस्थालाई प्रतिविम्बित गर्न नसक्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा व्यापक तथा तत्कालै कारबाही भए यस रोगको द्रूत विस्तार रोक्न सकिने उल्लेख गरिएको छ। राष्ट्रसंघको स्वास्थ्य संस्थाले मंगलबार नियन्त्रणको उपायमा द्रूत सुधार नभएमा प्रत्येक साता सयौंको दरमा संक्रमित बढ्ने र नोभेम्बरसम्म २० हजार पुग्न सक्ने अनुमान गरेको छ।