दसैं तिहार पछि सशक्त आन्दोलन गर्ने ज्येष्ठ नागरिकको चेतावनी

असोज १०, काठमाडौँ-ज्येष्ठ नागरिक संयूक्त तदर्थ समितिले आफ्ना माग पूरा नगरे दसैं तिहार पछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ज्येष्ठ नागरिक संयूक्त तदर्थ समितिले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकका अगुवा महाप्रसाद पराजुलीले आफ्ना उचित मागहरु यथाशीघ्र पूरा नगरे आफूहरु बाध्य भएर देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । समितिका प्रमुख चार मागमा मासिक तीन हजार भत्ता, सरकारी तथा निजी अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण, सार्वजनिक सवारी साधनमा कम्तीमा ५० प्रतिशत भाडा छुट र २०६७ चैतमा सर्वोच्चद्धारा जारी गरिएको परमादेश कार्यान्वयन गरिनुपर्ने छन् ।