सरकार र मोर्चाबीचको वार्ता अनिर्णित

असोज १०, काठमाडौँ-व्यवस्थापिका–संसद्को अवरोध खोल्ने विषयमासरकार र एमाओवादी नेतृत्वको संयुक्त गणतान्त्रिक मोर्चाबीच भएको छलफल आज पनि बिना निष्कर्ष सकिएको छ ।  उच्चस्तरीय राजनीतिक समिति गठनको विषयलाई लिएर लगातार सदनको कारबाही स्थगित हुँदै आए पनि त्यसलाई खोल्ने विषयमा सरकार र प्रतिपक्षी दलहरुबीच ठोस सहमति हुन सकेको छैन । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खास कुनै पनि विषयमा सहमति नभएको जानकारी दिए । यसैबिच आजको व्यवस्थापिका संसद बैठकले काग्रेस नेता तथा पुर्व सांसद सिद्धराज ओझाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।