माघ २ मा मुनालको ‘इच्छा’ आउँदै

काठमाडौं-निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’को डबिङ् पुरा भएको छ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो चलचित्र माघ २ गते देशव्यापी रिलिज हुँदैछ ।

दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो चलचित्र ‘कमेडी लभ स्टोरी’ हो । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ। गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ।