भारतका सर्वाधिक दश धनीमा को–को परे ?

असोज १०,काठमाडौं–फोब्र्सको सूचीमा भारतका १ सय धनीहरुको सूचीमा रहेका रिलाइन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार आठौं वर्षमा भारतका सर्वाधिक धनी व्यक्ति भएका छन् । गत वर्षभन्दा यस वर्ष २.६ अमेरिकी डलर थप भई अम्बानीको खुद सम्पत्ति २३.६ अर्ब डलर पुगेको छ । सय जना भारतीय धनीहरुसम्बन्धी फोब्र्सको नयाँ सूचीअनुसार पहिलो पटक भारतका सय धनीहरुमा सबै अर्बपति रहेका छन् ।
उनीहरुको संयुक्त सम्पत्ति ३ सय ४६ अर्ब अमेरिकी डलर छ । यो सन् २०१३ को २ सय ५९ अर्ब अमेरिकी डलरभन्दा एकतिहाइले बढी हो ।
फोब्र्सको सूचीमा परेका भारतका सर्वाधिक दश धनीमा मुकेश अम्बानीपछि दिलीप शांधवी पर्न सफल भएका छन् । उनको सम्पत्ति १८ अर्ब डलर छ । शांधवीलाई पछ्याउँदै तेस्रो धनीको रुपमा दरिन अजिम प्रेमजी सफल भएका छन् । उनको सम्पत्ति १६.४ अर्ब रहेको छ ।
त्यस्तै अन्य धनीहरुमा पालोन्जी मिस्त्रि रहेका छन् । उनको सम्पत्ति १५.९ अर्ब डलर रहेको छ ।

लक्ष्मी मित्तल भने पाँचौ स्थानमा छन् । उनको सम्पत्ति ५.८ अर्ब डलर छ । हिन्दुजा ब्रदर्सको सम्पत्ति १३.३ अर्ब डलर छ भने शिव नार १२.४ अर्ब डलर सम्पत्तिका साथ भारतको सातौं धनीमा पर्न सफल भएका छन् । गोदरेज फ्यामिली ११.६ अर्ब डलर का सात ८ औं स्थानमा छन् भने कुमार विरला र सुनिल मित्तल क्रमशः नवौं र दशौं स्थानमा छन् । आजको कारोबार दैनिकमा खबर छ ।