आयुर्वेदिक औषधालयमा औषधिको अभाव

असोज ९, पाल्पा-पाल्पाका सरकारी आयुर्वेदिक औषधालयहरूमा औषधिको अभाव देखिएको छ । ग्रामीण क्षेत्रका इलाकास्तरीय आयुर्वेदिक औषधालयमा मागअनुसारको औषधि आपूर्ति हुन नसकेपछि औषधिको अभाव देखिएको हो ।  बिरामीको सङ्ख्या बढ्दै जाने र केन्द्रले जिल्लामा औषधि नपठाइदिने गरेका कारण ग्रामीण क्षेत्रमा औषधिको अभाव देखिएको रामपुर आयुर्वेदिक औषधालयले जनाएको  छ ।