नेपालमै लगानीको वातावरण छ प्रम कोइराला

असोज ९, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानीको वातावरण बनिसकेको दावी गरेका छन् । प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न पुगेका अमेरिका निवासी नेपालीहरुसंगको भेटमा प्रधानमन्त्री कोइरालाले अब नेपालमै लगानी गर्न आग्रह गरेका छन् । आफु बसेको होटलमा नेपालीहरुसंग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले अमेरिकामा काम गर्ने संस्कृति सिकेका, उपयोगी सीप भएका, प्रशिक्षित, उच्च शिक्षा लिएका जनशक्तिलाई देशको समुन्नतिमा लाग्न आग्रह गरेका हुन् । कोइरालाले  हरेक मुलुकको विकास त्यही देशका नागरिककै प्रयासले संभव भएको पनि अमेरिकाबासी नेपाललीलाई स्मरण गराएका थिए ।