ईस्लामिक चरमपन्थीद्धारा पर्यटकको निर्मम हत्या

असोज ९,काठमाडौं-अल्जेरियामा ईस्लामिक चरमपन्थीले फ्रान्सका एक पर्यटकको निर्मम हत्या गरेका छन् । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होल्यान्डले आफ्ना नागरिकको विद्रोहीले घाँटी रेटेर हत्या गरिएको पुष्टी गरेका छन् । उनको हत्या जुन्द अल खलिफा नामको ईस्लामिक स्टेटसंग आवद्ध गुटले गरेको होल्यान्डले बताए । हर्व गार्डल नाम गरेका ति फ्रान्सेली नागरिकको शिर काटिरहेको भिडियो सार्वजनिक भएको छ । राष्ट्रपति होल्यान्डले घटना बर्बरता र कायरतापूर्ण भएको टिप्पणी गरेका छन् ।