माओबादी पोलिटव्युरोले भावी रणनीति तय गर्दै

असोज ९,काठमाडौं-नेकपा–माओबादीको पोलिटव्युरो बैठक अहिले बसिरहेको छ । बैठक पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा  सर्बपक्षीय राजनीतिक सम्मेलन बहिस्कारको समीक्षा र त्यस  पछिको अवस्था, एकीकृत माओबादीले पार्टी एकताको लागि लिखित रुपमा गरेको आग्रह तथा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भैरहेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । केहिदिन अघि एकीकृत माओबादीले बैद्य माओबादीले पार्टी एकताको लागि राखेको प्रस्ताबमा सकारात्मक रहेको भन्दै लिखित आग्रह गरेको थियो । यस्तै बैद्य माओबादीले आफैले माग गरेको राजनीतिक सभा त्यसको एजेन्डाको विषयमा सहमती नजुटेको भन्दै अन्तिम समयमा आएर बहिस्कार गरेपछि उसको तिब्र आलोचना भैरहेको अवस्थामा उसले पोलिटव्युरोमा छलफल थालेको हो ।