घरको पूजा, बिहे व्रतबन्धमा ५० लाख

असोज ९,काठमाडौं-पर्यटन बोर्डमा सुभास निरौलाले कामु प्रमुखको जिम्मेवारी सम्हालेसँगै आर्थिक अनियमितता सुरु भएको सरकारद्धार गठित छानबिन समितिले जनाएको छ ।

घरायसी काममा समेत निरौलाले सरकारी रकम प्रयोग गरी अनियमितता गरेको छानबिनबाट देखिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

आफ्नो घरको बिहे, ब्रतबन्ध, पूजाआजाका भोजहरु अमृत भोगमा गरी वार्षिक ५० लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।