एसियाड–क्रिकेटमा पनि नेपाल पराजित

असोज ८, काठमाडौँ-दक्षिण कोरियाको इचोनमा जारी १७औँ एसियाली खेलकुद प्रतियोगितामा फितलो प्रर्दशन गरीरहेको नेपालले एसियाड अन्तर्गत आज भएको महिला क्रिकेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाली टोली बङ्गलादेशसँग ८१ रनले पराजित भएपछि महिला क्रिकेट खेलमा राखिएको पदकको आशा आज समाप्त भएको छ । समूह चरणको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भए तापनि मलेसियासलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

आजको खेलमा पहिले व्याटिङमा उत्रेको बङ्गलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन जोड्यो । बङ्गलादेशको १०८ रनको चुनौतीलाई समेट्ने क्रममा नेपाल १५ दशमलव ३ ओभरमा २६ रन बनाउँदै अलआउट भयो ।     नेपालकी नेरी थापाले ८ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन् । सीता रानामगर, रुबीना क्षेत्री, करुणा भण्डारी र सोनु खड्काले समान एक÷एक रनमात्र जोडे । बलिङतर्फ नेपालकी सीता रानामगर र रेखा रावलले समान दुई÷दुई विकेट लिएका थिए ।