इस्लामिक स्टेटले शक्तिशाली राष्टलाई चुनौती दिइरहेको छ:ओबामा

असोज ८, काठमाडौँ-अमेरिकी राष्ट्रपति बराक ओबामाले विश्वका शक्ति राष्ट्रहरुलाई समेत चुनौती दिइरहेको इस्लामिक स्टेट विद्रोहीहरु विरुद्धको कारबाही अमेरिका एक्लैको नभएको बताएका छन् । ओबामाले सिरिया तथा इराक दुवै देशमा ती विद्रोहीहरु विरुद्धध हमला गर्ने बताएका छन् । ह्वाइट हाउसमा ओबामाले विद्रोहीहरुलाई कतै पनि सुरक्षित स्थल नछाडिने कडा चेतावनी दिए । उनले विद्रोही समूह विरुद्धको कारबाहीले केही समय लिएपनि विश्वको सुरक्षाका लागि सो समूहलाई पराजित गर्न सबै कदमहरु चालिने स्पष्ट पारेका छन् । अमेरिका र पाँच अरब देशहरुले इस्लामिक स्टेटका विद्रोहीहरु विरुद्ध सिरियामा हवाइ आक्रमणहरु तिव्र पारेका छन् ।