प्रधानमन्त्रीको न्युर्योक भ्रमणमा २ करोड खर्च

असोज ८, काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युर्योक गएको टोलीको खर्चका लागि सरकारले झन्डै २ करोड रुपैयाँ निकासा गरेको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, संसारकै गरिव र मितव्ययी प्रधानमन्त्री भनेर कमाएको चर्चा सेलाउन नपाउँदै कोइराला २२ सदस्यीय टोली लिएर न्युर्योक पुगेका छन् ।
मन्त्रिपरिषद्को बैठकले भदौं २६ गते गरेको निर्णय अनुसार अर्थ मन्त्रालयले भ्रमण दलका लागि एक रोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ निकासा गरेको छ । भ्रमणका क्रममा यो भन्दा बढी खर्च हुन सक्ने स्रोतले बतायो ।