डिभिजन थ्री क्रिकेट मलेशियामा हुने

असोज ७,काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले अब डिभिजन थ्री प्रतियोगिता मलेशियामा गर्ने भएको छ । यसअघि युगाण्डामा गर्ने भनिएको भिजन थ्री क्रिकेट प्रतियोगिता हुने स्थान फेरि सारीएको हो । रतियोगिता कात्तिक ६ देखि १३ गतेसम्म हुनेछ । आइसिसीले सुरक्षालाई मध्यनजर गर्दै प्रतियोगिता मलेसियामो क्वालालाम्पुरमा गर्ने निर्णय गरेको हो ।

डिभिजन थ्रीमा नेपालले युगाण्डा, अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ । ६ टीम मध्ये शीर्ष दुईमा पर्ने टोली बढुवा भएर डिभिजन टूमा पुुग्नेछन् भने पुछारका दुईटोली घटुुवा हुँदै डिभिजन फोरमा झर्नेछन् ।