चिडियाखानामा खसेका युवक बाघको भोजन बनेपछि

असोज ७, एजेन्सी-चिडीयाखानामा बेलाबेलामा सामान्य र साना तीना दुर्घटना त भइरहेका खबरहरु आइरहेका हुन्छन् । तर मंगलबार अचानक नयाँ दिल्लीको चिडियाखानामा बाघलाई हेरिरहेका  एक युवक युवक पर्खालबाट तल बाघ भएकै आडामा खसे । उनले केहीबेर पनि सोच्न नपाएँदै उनलाई बाघले आइहाल्यो । दिउँसो साढे बाह्रदेखि १ बजेको बीच भएको यो घटना केहीबेरमै सारा दिल्लीमा फैलियो।

प्रत्यक्षदर्शी तथा चिडियाखानाका अधिकारीहरुलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेअनुसार मकसुद नाम गरेका ती विद्यार्थी बाघ राखेको ठाउँमा झुक्दाझुक्दै खसे। १५ मिनेटसम्म बाघले अचानक आइपुगेको आफ्नो आहारलाई हेरिरह्यो।

उनी झुक्दाझुक्दै बाघको खोरमा खसिहाले,यो सम्पूर्ण घटनालाई मोबाइलमा रेकर्ड गरेका प्रत्यक्षदर्शी बिट्टुले भने, बाघले १५ मिनेटसम्म उनलाई चुपचाप हेरिरह्यो। उनका अनुसार गार्ड र अन्य प्रत्यक्षदर्शीले ढुंगाले हानेर बाघको ध्यान अन्तत्र मोड्ने प्रयास गरेपछि उसले मकसुदमाथि आक्रमण गर्‍यो।

बाघको ध्यान मोड्न सबैजना ढुंगा हान्ने र होहल्ला गर्न थाले, त्यसपछि बाघले त्यो युवकलाई पञ्जाले आफ्नो ओढारतिर तान्यो, बिट्टुले भने। मकसुदको इहलिला त्यहीँ समाप्त भयो। चिडियाखानाका अधिकारीहरुले मासु दिएर पछि उक्त बाघलाई मरिसकेका मकसुदलाई खानबाट जोगाएका थिए।