मानव अधिकार आयोगका पदाधिकारीको सुनुवाई शुरु

असोज ७, काठमाडौँ-संसदीय सुनुवाई बिशेष समितिले राष्ट्रिय मानव अधिकार आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु गरेको छ । समितिले आयोगको अध्यक्षमा सिफारिस गरिएका अनुपराज शर्मा र सदस्यहरु प्रकाशचन्द्र वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेललाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा १० दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । उजुरीकर्ताले नियुक्तीका लागी सिफारिस भएकाहरुलाई नियुक्ती गर्न उपयुक्त नहुनुको स्पष्ट आधार खुलाएर उजुरी वा सूचना दिन सक्ने समितिले जनाएको छ ।  संवैधानिक परिषद्को केही दिन अघि बसेको बैठकले मानव अधिकार आयोगमा रिक्त पदहरुमा नियुक्तीका लागी सिफारिस गरेको थियो । सिफारिस गरिएकोहरुको नाममा संसदीय सुनुवाई गरेर अनुमोदन भएपछि नियुक्ती हुने संवैधानिक व्यवस्था छ ।