सहानाको निधनमा एमालेले ३ दिन आधा झण्डा झुकाउने

असोज ७, काठमाडौँ-वाम आन्दोलनकी एक महत्वपूर्ण  धरोहर सहाना प्रधानको निधनमा उनको पार्टी  नेपाल कम्युनिष्ट पार्टी एमालेले देशभरिका पार्टी कार्यालयमा तीनदिनसम्म आधा झण्डा झुकाएर शोक मनाउने भएको छ। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आज  बिहान एक शोक वक्तव्य जारी गर्दै तीनदिनसम्म पार्टीको औपचारिक कार्यक्रम नगरिने उल्लेख गरेका छन्। साथै प्रधानको निधनमा एमालेले देशैभरि श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गर्ने भएको छ। प्रधानलाई श्रद्धाञ्जली दिन केन्द्रीय कमिटीले असोज ११ गते शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने समेत बताएको छ।  प्रधानको राजधानीको वयोधा अस्पतालमा सोमबार राति ११ बजे प्रधानको निधन भएको थियो।

एमालेले प्रधानको निधनले आफ्नो पार्टीले एकजना असल अभिभावक गुमाएको बताएको छ। ुपार्टीलाई थप एकताबद्ध र सुदृढ गर्दै मुलुकको पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने तथा नेपाललाई छोटो समयभित्रै समृद्ध, समुन्नत र सबल बनाउने अभियानमा अघि बढ्नुु नै उनलाई सच्चा श्रद्धाञ्जली हुने अध्यक्ष ओलाीद्धारा जारी  वक्तव्यमा उल्लेख छ।