सीमामा देखिन थाल्यो दशैँको रौनक

असोज ७,काँकडभिट्टा-दसैँ नजिकिँदै  जादा पूर्वका भारतीय बजारहरूमा भीडभाड बढ्न थालेको छ । नेपाली बजारमा भन्दा सीमा क्षेत्रका बजारमा उपभोग्य वस्तुको मूल्य सस्तो हुने हुँदा नेपाली ग्राहक ती बजारमा जाने गरेका हुन् ।  काँकडभिट्टा पूर्वको भारतीय बजारहरू पानीट्याङ्की, नक्साल, बागडुग्राजस्ता क्षेत्रमा उपभोग्य वस्तु लिन जानेको सङ्ख्या ह्वात्तै बढेको छ । सीमाका बजार खुल्ला भएकाले पनि नेपाली ग्राहकको आकर्षण बढेको हो । दमक, विर्तामोड, धुलाबारी, सुरुङ्गा क्षेत्रका सर्वसाधारण दसैँका सरसामान लिन पारिका भारतीय बजार जाने गरेका पाइन्छन् । उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा चाडपर्वको मौकामा सीमाका बजारमा गुणस्तरहीन उपभोग्य वस्तुको बिक्री हुने हुँदा त्यस्ता वस्तु खरिद गर्दा होसियारी हुनुपर्ने बताए । उनुहुन्छ । रासस