प्रम कोइरालले जलवायु सम्मेलनलाई सम्बोधन गर्ने

असोज ७, काठमाडौँ-संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा सहभागि हुन न्युयोर्क पुगेका प्रधान मन्त्रि शुशिल कोइराले आज जलवालु परिवर्तन सम्बन्धि सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । कोइरालाले ३५ औँ वक्ताका रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने उनका प्रस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । प्रम कोइरालाले नेपालका तर्फबाट जलवायु परिवर्तन, जनसङ्ख्या व्यवस्थापन र विकास, लगायतका  विषयमा कुरा उठाउने बताइएको  छ ।

यसैबिच प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ । महासभाको उच्चस्तरीय छलफल भोलिबाटसुरु भई असोज २१ गतेसम्म जारी हुने छ । २२ जनाको टोलीको नेतृत्व गर्दै असोज ३ गते त्यस तर्फ प्रस्थान गरेका कोइराला असोज १६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको  छ ।