दाहालले वैद्यलाई पत्र लेखे

असोज ७, काठमाडौं-एमाओवादीले नेकपा-माओवादीसँग पार्टी एकताका लागि औपचारिक रुपमा पत्र लेखेको छ । आजको कान्तिपुर दैनिक लेख्छ नेकपा(माओवादी अध्यक्ष वैद्यसँग निरन्तर छलफलपछि दाहालले एकताका पत्र लेखेका हुन् । यसअघि शनिबार मात्र दाहाल र वैद्यबीच एकताका लागि छलफल भएको थियो । दाहालले वैद्यलाई लेखेको पत्रमा माओवादीले अघि सारेको छमध्ये जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्नेबाहेक अन्य बुँदे प्रस्तावलाई सैद्धान्तिक रुपमा सहमति जनाएका छन् । यसले दुई माओवादीबीच एकताका लागि सैद्धान्तिक गाँठो खुकुलो भएको छ ।

वैद्य माओवादीले अघि सारेका सैद्धान्तिक मुद्दालाई सैद्धान्तिक रुपले स्वीकार गरे पनि तत्काल पार्टी एकता हुनेमा एमाओवादीकै कतिपय नेताहरु ढुक्क छैनन् । वैद्य माओवादीभित्र पनि एमाओवादीसंग एकता गर्ने नगर्ने बिषयमा दुई धार छ । सचिब नेत्रबिक्रम चन्द एमाओवादीमा विचलन आइसकेको उल्लेख गर्दै एकता गर्ने पक्षमा छैनन् ।

पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा सांगठनिक ६ बुादे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छु दाहालले वैद्यलाई लेखेको पत्रमा उल्लेख छ, २ नं बुादाको हकमा हामीले जनवादी क्रान्तिका बााकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ ।

उनले खुला छलफल गरी एकताका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् । तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर रहादै यस विषयमा समेत तपाईहरुसाग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछु उनको भनाइ छ ।  वैद्य माओवादीले बैशाखको तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले एमाओवादीसंग एकताका लागि छ बुदा अघि सारेको थियो ।