अनशनरत अधिकारीको ३३३ दिनका दिन निधन

असोज ६, काठमाडौँ-छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग लामो समयदेखि अनशनमा  बसेका नन्दप्रसाद अधिकारीको आज निधन भएको छ । अधिकारी र उनकी धर्मपत्नी नन्दमाया अधिकारी ३३३ दिनदेखि अनशन बस्दै आएका थिए । अधिकारीको शवलाई अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । अधिकारी दम्पतीको अवस्था गम्भीर बनेपछि राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मी सुबोधराज प्याकुरेल र कनकमणि दीक्षित हिजो अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।