तीनदल छलफल निष्कर्ष बिहिन/संसद बैठक ११औँ पटक अवरुद्ध

असोज ६, काठमाडौँ-दुइ सातादेखि अबरुद्ध संसद बैठक खुलाउन  बसेको प्रमुख तीन दल सहित मधेसी दलको बैठक बिना निष्कर्ष सकिएको छ । गत पुषमा भएको चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षी दलले गत भदौ १३ गतेदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । बैठकपछि नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले  भने विपीष दलहरुले सहमति गर्न सकिने प्रस्ताब नल्याएकाले सहमति हुन नसकेको प्रतिक्रिया दिए । यसैबिच व्यवस्थापिका संसद बैठक आज ११ औ पटक पनि अबरुद्ध भएको  तीन दल सहित मधेसी दलको बैठक बिना निष्कर्ष सकिएको थियो  ।