एसियाडमा नेपालले आज उसुमा भिड्दै

असोज ६, काठमाडौँ-एसियाडमा आज नेपालले पदकको आशा गरेको उसुमा पनि प्रतिष्प्रर्धा गर्दै छ । नेपालकी झरना गुरुङ र चाहना बम्जनले आज एक–एक वटा खेल जितेको खण्डमा कम्तिमा कास्य पदक पक्का हुनेछ । ५२ केजी मुनीको तौल समुहमा झरनाले ईरानकी खेलाडी अलेह मन्सोरियन सामिरोसंग र चाहनाले ६० केजी मुनी तौल समुहमा तुर्कमिनिस्तानकी जेनेत आयना जरोभासंग खेल्ने छिन् ।