नेपालद्धारा मलेसीया ४७ रनले ा पराजित , नेपाल क्वाटरफाईनलमा प्रवेश

असोज ६, काठमाडौँ-दक्षिण कोरियाको ईन्चोनमा जारी खेलमा हिजो लय गुमाएको नेपाल आज लयमा फकिएको  छ । लयमा फर्कीएसँगै आज मलेसियालाई ४७ रनले पराजित गर्यो । आजको जितसंगै नेपाल क्वाटरफाईनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरा २० आभेरमा ३ विकेट गुमाएर ८८ रन बनाएको थियो ।
नोपालका लागि सरिता मगरले नटआउट २६, ममता चौधरीले २२, सिता रानामगरले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । ८९ रनको लक्ष्य लिएर जवाफि ब्याटिङ थालेको मलेसियाले १४ दशमलव ५ आभेरमा सबै विकेट गुमाएर ३९ रन मात्र बनाउन सफल भयो ।