दशैँको टिकटमा व्यापक अनियमितता

असोज ६, काठमाडौँ-दशैँ तिहारका लागि राजधानीबाट  घर जान चाहने यात्रुहरुले बसको टिकट नपाएको   र व्यापक अनियमितता गुनासो गरेका छन् । दशैँ तिहारलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलेपनि राजधानीका काउन्टरमा टिकट नपाएको गुनासो आउने गरेको छ । बस व्यवसायीहरुले भने यात्रुहरुका लागि सहज रुपमा टिकट उपलब्ध गराउदै आएको दाबी गरेका छन् । यात्रुहरुले टिकट नपाए बस थप्ने तयारी समेत भइरहेको व्यवसायीहरुको भनाई छ । टिकट वितरणलाई व्यवस्थित बनाउने भन्दै यस बर्ष सुरक्षा प्रबन्ध समेत मिलाएको जनाइएको छ । प्रहरी र यातायात व्यवस्था विभागका कर्मचारीले तोकेको भाडादर अनुसारको टिकट विक्री भए नभएको, कालोवजारी तथा वस संख्या पुगेनपुगेको विषयमा पनि अनुगमन गर्नेछ । विभागले काउन्टरमै वसको रुटअनुसारको भाडादर टांस्ने जनाएको छ ।