ग्वङ्गलाई ‘शमी साहित्य साधना सम्मान’ प्रदान

असोज  ५,  काठमाडौँ-वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग आज ‘शमी साहित्य साधना सम्मान’ बाट पुरस्कृत भएका छन् । नब्बेहजार १०१  रुपैयाँको सो पुरस्कार शमी साहित्य प्रतिष्ठानले स्थापना गरेको हो । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्स्को सहयोगमा सो पुरस्कार स्थापना भएको हो ।      सो पुस्रस्कार प्रदान गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ज्ञानी र तपश्वीको पावन भूमि भएको सन्दर्भ चर्चा गर्दै विविध कारणवश अल्पविकसितको दर्जामा परेको बताए । उनले नेपाल असाधारण विविधताले भरिपूर्ण रहेको भन्दै यसको सही सदुपयोगमा जोड दिए । कार्यक्रममा रु २५ हजार १०१ राशीको ‘शमी युवा प्रोत्साहन पुरस्कार’ नेपाली क्रिकेट टोलीका क्याप्टेन पारश खड्का र ‘सम–समता लैङ्गिक अध्ययन पुरस्कार’ लैङ्गिक विषयमा उच्चमावि तहमा सर्वाेत्कृष्ट हुने मोरङ्का विद्यार्थी हमन चौधरीलाई प्रदान गरियो । यस पुरस्कारका संस्थापक डा चन्द्र भद्राले आगामी वर्ष राशीलाई दोब्बर बनाउने घोषणा गरे ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले शमी साहित्य प्रतिष्ठानले साधक र प्रतिभालाई पुरस्कृत गरेर प्रशंसनीय कार्य गरेको बताए ।