आर्सनलद्वारा एस्टन भिल्ला पराजित

असोज  ५, काठमाडौँ-इंलिस प्रिमियर लिग अन्तरगत आर्सनलले एस्टन भिल्लालाई पराजित गरेको छ । ओजिल र ड्यानी वेलब्याकले एक–एक गोल गरे । भिल्लाका डिफेन्डर एली सिसोकोले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा पकड बनायो । तीनै गोल खेलका ३२ देखि ३६ मिनेटको बीचमा भएका थिए । आर्सनलले पछिल्लो १६ खेलमा भिल्लाको गृह मैदानमा हारेको छैन ।   उता, लिभरपुल भने वेस्टह्याम युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।  खेलको सातौं मिनेटभित्र लिभरपुल दुई गोलले पछि परेको थियो ।