पन्चेश्वर आयोजनाबारे नेपाल-भारत छलफल भोलीदेखि

असोज ५, काठमाडौँ-बहुप्रतिक्षित पन्चेश्वर बहुउदेस्सीय आयोजनाबारे छलफल गर्न भारतीय जलस्रोत सचिव नेतृत्वको एक टोली आज नेपाल आउदै छ । भोलीदेखि हुने दुइ पक्षिय बैठकमा भाग लिन जलस्रोत सचिव सन्तोष कुमार गंगवारको नेतृत्वमा ११ सदस्सीय टोली आपरान्ह नेपाल आइपुग्ने भएको हो ।
पन्चेश्वर जलविद्युत आयोजना अघि बढाउन दुइ देशबीच १० वर्षपछि वार्ता हुन लागेको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला दुई देशबीच पन्चेश्वर प्राधिकरणको संयुक्त कार्यलय खोल्ने सम्झौता पश्चात दुई देशबीच पुनः छलफल हुन लागेको हो ।
बैठकमा पन्चेश्वर आयोजना अघि बढाउन प्राधिकरण स्थापना, कार्यकारी प्रमुखको नियुक्ति, विधान तयार पार्नेलगायत बिषयमा भोली र पर्सि छलफल हुनेछ ।