नेपाल जापानसंग ४—० ले पराजित

असोज ५, काठमाडौँ-एसियाड अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा नेपालले तेस्रो खेलमा पनि हार बेहोरेको छ । दक्षिण कोरियामा जारी खेलमा नेपाल आज  जापानसंग ४—० पराजित भएको हो । यसअघि समुहमा लगातार दुई खेल हारेको नेपाल समुह चरणबाटै बाहीरीसकेको थियो । पहिलो खेलमा ईराकसंग ४–० ले हारेको नेपाल दोस्रोे खेलमा कुवेतसंग ५–० ले हारेको थियो ।