बोगटीको सस्झनामा देशभर शोकसभा

असोज ५, काठमाडौँ-एकीकृत नेकपा माओबादीले उपाध्यक्ष स्वंर्गिय पोष्टबहादुर बोगटीको निधनमा आज देशैभर शोक सभा गरिरहेको छ । बोगटीको हृदयघात र मष्तिष्क धात पश्चात उपचाको क्रममा भदौ ३० गते बिहान ६२ वर्षको उमेरमा निधन भएको थियो । पार्टी उपाध्यक्ष बोगटीको निधनमा देशका ७५ वटै जिल्लमा आज शोक सभा भैरहेको एकीकृत माओबादीले जनाएको छ । पार्टी कार्यालय पेरिषडाडामा जारी शोक सभामा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेता तथा बोगटीकी श्रीमती र छोरीहरुसहित आफन्तहरुको उपस्थिती छ ।

शोकसभामा काग्रेस नेता एवम् सन्चार मन्त्री मिनेन्द्र रिजाल, एमाले सचिब गोकर्ण बिष्ट, नेकपा माओबादीका उपाध्यक्ष सीपि गजुरेल लगायत अन्य दलका नेताहरुको पनि उपस्थिति रहेको छ । बि।सं। २०१० साल श्राबण ३ गते नुवाकोटमा जन्मिएका बोगटि झलनाथ खनाल नेतृत्वको सरकारमा सुचना तथा सन्चार र बाबुराब भट्टराई नेतृत्वको सरकारमा जलश्रोत तथा उर्जा र सस्कृती तथा पर्यटन मन्त्री समेत बनेका थिए ।